दफा ३१
विस्तारित अस्पताल सेवा उपलब्ध गराउन सक्ने
: (१) स्वास्थ्य संस्थाले उपलब्ध स्रोत साधान र जनशक्तिको आधारमा आवश्यकता अनुसार विस्तारित अस्पताल सेवा उपलब्ध गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको सेवा उपलब्ध गराउने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई त्यस्ता स्वास्थ्य संस्थाले सो सेवा उपलब्ध गराए वापत अतिरिक्त भत्ता र अन्य सुविधा प्रदान गर्नु पर्नेछ।